समृद्ध भनेको के हो ? यो प्रश्न सधैं भरि मेरो मनमा खेली रहन्छ । समृद्ध भनेको प्रश्नको जवाब खोज्नु भन्दा अगाडी अर्को एउटा प्रति प्रश्न गरौं कि, सुख के हो ? यस प्रश्नले पनि धेरै सताउँछ सबैलाई । अध्यात्म तिर नजाऊँ, साधारण उत्तर खोजांै, जबाब आउँछ खुशी हुनु । साधारणतया आत्मसं तुष्टि हुनुलाई सुखी हुनु मान्न सकिन्छ । आफुसंग धन, आराम र तनावहीन जीवन छ भने आपूmलाई सुखी मान्न सकिन्छ ।
धन भनेको पैसामात्रै होइन, विद्या पनि धन हो, इज्जत पनि धन हो । संस्कृति पनि एक किसिमले धन नै हो । गाँस, बाँस, कपासको राम्रै व्यवस्था छ भने त्यस्तालाई धनी नै मानिन्छ । समाज पैसाले धनी छ, समाज संस्कृतिले धनी छ यो समाज त शिक्षाले पनि धनी छ भन्ने पनि सुनेको छु । विशाल हृदयको धनी पनि कसै कसैलाई भनिन्छ । वास्तवमा पैसा, सुसंस्कृत, सहयोगी, सामाजिकता भएको व्यक्तिलाई धनी मानिन्छ । समाजको लागि पनि यहि परिभाषा उपयुक्त होला । अर्को शब्दमा यिनलाई सुखी सम्पन्न भनिन्छ । समृद्धिको जवाब पनि कताकता यसैमा लुकेको छ ।
आनन्द,साँचो आनन्द, एक भित्री गुण हो । यो दिमागको एक स्थिति हो । यदि तपाईको मनमा शान्ति छ भने, तपाई खुशी हुनुहुन्छ । यदि तपाईको मनमा शान्ति छे, तर तपाईसँग अरु केही छैन, भनेपनि तपाई खुशी हुन सक्नु हुन्छ ।यदि तपाईसँग सबै कुरा छ भने संसारले आनन्द दिन सक्छ, धन, सम्पत्ति, शक्ति – तर मनमा शान्तिको कमी छ भने तपाई कहिल्यै आनन्दित हुनु सक्नु हुन्न ।
विश्व खुशी रिपोर्ट ९ध्यचमि ज्बउउष्लभकक च्भउयचत० विश्वव्यापी आनन्दको अवस्थाको एक ऐतिहासिक सर्वेक्षण हो । विश्व खुशी रिपोर्ट २०१८ मा, १५६ देशहरुलाई उनको खुशीकोद्वारा र ११७ देशहरुलाई उनको आप्रवासिको खुशीले मापन गरियो । आय, स्वस्थ जीवन आयु, सामाजिकता, स्वत(न्त्रता, भरोसाा र उदारताको आधारमा खुशी मापन गरिन्छ ।
नेपालद्वारा प्राप्त स्कोर ४.८८०, २०१८, १०१ स्थानमा रहेको छ, गत वर्ष ४.९६२ को तुलनामा यो ९९औं स्थानमा रहेको थियो । २०१३ मा नेपाल १५६ देशहरुमा ४.१५६ स्कोरको साथमा १३५औं स्थानमा रहेको थियो । यसले देखाउँछ कि नेपाल विस्तारै एउटा सानो उतार चढावको बावजुद खुशीको संूचकांकमा प्रगति गरिरहेको छ । तथापि, नेपालले आफ्नो देशका आश्रयहरुको आनन्दबाट ११७ देशमा ८२औं स्थान पाएको छ डेनमार्क, स्विट्जरल्याण्ड, नर्वे र अहिले फिनल्याण्ड चारवटा विभिन्न देशहरुमा चारवटा शिर्षकमा शीर्ष स्थान छ । सबै शीर्ष देशहरुमा सबै ६ वटा चर चरहरुको लागि उच्च मानहरु छन् जुन राम्रो सहयोगको लागि फेला पर्यो । आय, स्वस्थ जीवन प्रत्याशा, सामाजिक समर्थन, स्वतन्त्रता, भरोसा र उदारता ।
अन्य मुलुकहरुको गति अनुसार विकास हुन नसक्दा २०१७ को प्रतिवेदनमा नेपाल मानव विकास सूचांक ९ज्गmबल म्भखभयिऊभलत क्ष्लमष्अबतष्यचरज्म्क्ष्० मा एक स्थानले तल झरेको छ । संयुक्त संघिय विकास कार्यक्रम ९ग्ल्म्ए० ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव विकास सूचंकामा नेपाल यसपटक १४९औं स्थान छ । १८९ मुलुकहरु मध्ये सन् २०१६ मा १४८औं स्थानमा थियो । यद्यपी नेपालले २०१० र २०१५ को बीचमा मानव विकास सूचकांक ९ज्म्क्ष्० रैंकमा परिवर्तन गर्न दुई पाईलाको फर्को सहित सुधार देखाउन सफल भएको थियो ।
मुख्यगरी औसत आयु, शैक्षिकस्तर र क्रयशक्तिको आधारमा मानव विकास सूचांक निकाल्ने गरिन्छ । मान विकास सूचक ९ज्म्क्ष्० एक सामाजिक र आर्थिक आयाममा देशको समग्र उपलव्धि मापन गर्न प्रयोग गरिने एक सांख्यिकीय उपकरण हो । देशको सामाजिक र आर्थिक आयामहरु मानिसहरुको स्वास्थ्य, तिनीहरुको स्तरको प्राप्ति र जीवनको स्तरमा आधारित हुन्छन् । मानव विकास सूचांकमा जातीय दृष्टिकोणले हेर्ने हो भने, बिगत केहि वर्षदेखि कायस्थ १ र २ स्थानमा उकाली रहेछ ।
कायस्थ जातिको उत्पतिः
चित्रगुप्त भगवानको उत्पति ब्रह्माको कायावाट भएको मान्यता रही आएको छ । उनी व्रह्माजीको कायावाट उत्पन्न भएको हुँदा कायस्थवर्ण र आफनो चित्तमा विष्णू भगवान्को ध्यान गुप्तरुपले राखेको हँुदा उनको नाम चित्तगुप्त रहन गएको विश्वास गरिन्छ । बह्माजीबाट सम्बोधित चित्तगुप्तकालान्तरमा अपभ्रंश हुंदै हाल चित्रगुप्तको नामले बिख्यात भएको छ । चित्तगुप्तको सन्तान, जाति कायस्थ रह्यो र तिनका प्रथम पुत्र पुरुष चित्रगुप्त भए । चित्रगुप्तलाई धर्मराजको सहयोगार्थ पाप र पुण्यको लेखाजोखा राख्ने काम सुम्पियो । त्यसैले वहाँलाई धर्मराज पनि भनिन्छ । चित्रगुप्तको विवाह ब्रह्माका पुत्र ऋषि सुशर्माकी पुत्री शोभावती र सुर्यपुत्र श्राद्धदेवकी छोरी जगनन्दिनीसँग सुसम्पन्न भयो । कतिपय लेखहरुकमा भगवान चित्रगुप्तको विवाह इरावती र नन्दिनी सँग भएको लेखिएको छ । प्रथम पत्नी शोभावतीकि कोखवाट छोराहरु श्यामसुन्दर, शांगधर, धर्मदत्त, सुमति, दामोदर, दीनदयाल, सदानन्द
र राधोराम एवं द्धितिय पत्नीवाट धर्मध्वज, रामदयाल, भानुप्रकाश र योगधर नामक चार छोराहरु गरी जम्मा वाह् पुत्ररत्नहरु प्राप्त भए । वेदशास्त्र पुराणादिमा निपुण भएपछि नाग कन्याहरुसित उनीहरुको शुभ विवाह गराईयो । वाह्रै जना छोराहरुलाई संसारमा शुभकार्य सम्पादनार्थ शुभकामना सहित पठाइयो । उनीहरु बाह्र भिन्न ठाँउहरुमा गई स्थानानुरुप आ–आपmनो नाँउ धारणगरी वस्न थालेको शास्त्रमा उल्लेख भएको देखिन्छ । कायस्थको उत्पत्ति तथा कायस्थ जाति सम्वन्धमा थुप्रै कथाहरु छन् मेरो ध्यान त्यता तर्पm अहिले छैन । उनीहरु आफनो सुविधा अनुसार अफगानिस्तानदेखि वर्मा (म्यानमार) सम्म विभिन्न स्थानहरुमा अनेक थर उपनाम प्रयोग गरी बसोबास गरिरहेको पाइन्छ जसको विबरण देहाय अनुसार रहेको छ –

वर्तमानमा कायस्थहरु मुख्यतया बिसारिया, श्रीवास्ताव, प्रसाद, सिन्हा, सक्सेना, निगम, माथुर, भटनागर, लाभ, लाल, मल्लिक, शरण, कुलश्रेष्ठ, अस्थाना, कर्ण, वर्मा, खरे, राय, सुजध्वज, विश्वास, सरकार, बोस, घोस, बसु, दत्त, चक्रवर्ती, सेन, श्रेष्ठ, प्रमुख, ठाकरे, आडवाणी, नाग, गुप्त, रक्षित, बक्शी, मुंशी, दत्ता, देशमुख, पटनायक, नायडू, सोम, पाल, राव, रेड्डी, दास, मेहता, कायस्थ, भुजु, कसजु, महाजु, वैद्य, आदि थरवाट चिनिन्छन । यस्ता कतिपय थरहरु यसमा समावेश गरिएको छैन। कतिपय हामीलाई जानकारी पनि छैन यस तर्पm अध्ययन अनुसन्धान हुनु पनि आवश्यक देख्दछु ।
कायस्थ (जसलाई कायथ वा देवान वा लाला पनि भनिन्छ । यस्तो समूह हो जुन भरतखण्ड वातत्कालिन भारतवर्षको विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बसोबास जहाँ गरे नि कायस्थहरुपरम्परागत रुपमा लेखनदास ९बअतभम बक कअचष्दभक०, पञ्जिकाधिकारी(पटवारी÷सार्वजनिक रेकर्ड र खाताहरु बनाउने तथा राख्ने र प्रशासकहरुको रुपमा कार्य गर्ने गरेका छन् । कायस्थ वा कायथ एकमात्र वंश हो जसलाई धार्मिक ग्रन्थहरुमा वैदिक ईश्वरको सीधा “रक्त” वाट जन्मेको उल्लेख गरिएको छ र हिन्दू धर्म अनुसार श्री चित्रगुप्त भगवानको पूजा गर्दछ, चित्रगुप्तको वंशज, चित्रांश वादेवपुत्र भनाउँदछ ।
वेद र पुराणहरुमा वर्णन भएपनि कायस्थको लिखित दस्तावेज मध्ययुगिन कालको अन्त्यबाट भेटिन्छ । जसमा कायस्थहरुले विभिन्न राजाहरुको दरवारमा मंत्री, सल्लाहकारहरु वा सर्वोच्च सरकारी पदहरु कब्जा गरेको देखिएको छ । मुगल साम्राज्यको मन्त्रीहरु र सल्लाहकारहरुको रुपमा सेवा गरेका र ब्रिटिश राजको समयमा पनि महत्वपूर्ण प्रशासनिक पदहरु आसिन भएकाको संख्या गनी साध्य छैन । मुद्राराक्षस, राजा तोदरमल यसका उदाहरण हुन । गुप्तकालमा कायस्थको प्रादुर्भाव राम्रै देखिन्छ । वर्तमानमा कायस्थहरु राजनीति, शिक्षा, विज्ञान र कलाको साथ साथै विभिन्न व्यावसायिक क्षेत्रमा सफलतापूर्वक विद्यमान छ ।
स्कन्ध पुराणमा कायस्थको सात लक्षणको वर्णन छ :
विद्यावास्च : शुचिधिरो दाता परोपकारकः । राजसेवी क्षमाशील कायस्थ सप्तालक्षनम ।।
अर्थात् : (१) विद्वान– ज्ञानी, (२) सुची– सदाचारी, (३) धिर– धैर्यवान, आपतकालमा पनि अविचिलित नहुने, (४) दाता– अरुलाई मदत गर्नेवाला, (५) परोपकारी– परोपकार गर्नेवाला (६) राजसेवी– शासनको सेवा गर्ने र (७) क्षमाशील
ऋगवेदको भाग २१ र गरुडपुराण अनुसार “चित्रगुप्त नम्स्तुभ्यम वेदाक्षरदित्रे” । अर्थात् चित्रगुप्त लाई लिपिको पहिलो रुप दिने व्यक्ति भनिएको छ । हाम्रा प्राचीन लिपिहरु, कायस्थद्वारा प्रयोग गरिएको विभिन्न लिपिहरु अनुमानित हुन सक्छ, तर ब्रह्मी लिपि चित्रगुप्तले दिएको लिपि हो जो वेदहरुको लिपिको रुममा प्रायः प्रयोग भयो । केही अगाडीसम्म कैथिलिपिको व्यापक प्रयोग थियो जो मिथिलाक्षर र वंग्लाक्षरसंग धेरै मिल्छ मूल कुन हो अध्ययनको विषय छ । कायस्थ समुदायले इस्लामिक भारतमा फारसी, तुर्की, अरबी र पछि उर्दु सिक र अनुकूलन गर्यो, तसर्थ त्यस गुणले गर्दा, साम्राज्यवादी प्रशासनिक कालमा मौद्रिक नीति, न्यायशास्त्र र करको कार्य र विकासमा महत्वपूर्ण स्थान राख्न सफल भयो साथै पञ्जिकाधिकारी एवं भूमिको लेखा जोखामा आफ्नो वर्चस्व बनाई राख्न सफल भयो

विभिन्न कार्यपत्र, शोध, इतिहासलाई अध्ययन गर्दा नेपालको बारा जिल्ला अन्तर्गत सिमरौनगढमा सन् १०९७ तिर कायस्थ कर्णाटक वाट आएका देखिन्छ । त्यस्तै वि.सं. २००९ मा एउटा लेखमा इतिहास शिरोमणि स्व.वावुराम आचार्यले नान्यदेवका साथ कर्णाटक राजवंशका मन्त्री वर्गका महाजु र कसजु (कायस्त लेखाध्याक्ष) हरु नेपाल पसेको उल्लेख गरेका छन् । राजा जयस्थिति मल्लले पनि कायस्थ जातिलाई श्रेष्ठ जातको रुपमा नामाकरण गरेको पाइन्छ । मल्लकालमा ललितपुर, भक्तपुर र गोरखा राजसभामा भाग लिने ६ जाति मध्ये एक जाति कायस्थ (कसजु पनि थिए । विभिन्न अनुसन्धानहरुवाट ज्ञान भए अनुसार नेपालमा कायस्थहरुका पाँच भेद मात्रै पाइन्छ
(१) अतिन्द्रिय(वंगाली कायस्थ)
(२)मैथिल कर्ण कायस्थ
(३) अम्बष्ट कायस्थ
(४) श्रीवास्तव कायस्थ
(५) नेवार कायस्थ ।
नेपालमा कायस्थहरुका यी पाँच भेदमध्ये कर्ण कायस्थको जनसँख्या बढी रहेको छ । सिम्रौनगढ राज्यमा कर्णकायस्थहरुको उल्लेखनीय उपस्थिति थियो ।
ई. सन् १३२४ मा गयासुद्दीन तुगलकले बंगाल विजय पश्चात दिल्ली फर्कदै गर्दा तिरहुतको राधानी सिम्रौनगढ माथि आक्रमण गरि ध्वस्त पार्यो । राजा हरिसिङ्देव, रानी देवलदेवी, पुत्र कुमार जगजितसिंहदेव अन्य परिवार महामन्त्री चन्देश्वर ठाकुर अन्य मन्त्रिगण, सैनिक सेवकहरुको साथमा उत्तर पहाड तर्पm पलायन हुनुभयो लक्ष्य थियो ससुराली दरवार भक्तपुर । १३२६ ई सन्मा राजा हरिङ्घिदेवको वर्तमान सिन्धुली जिल्लाको तिनपाटन भन्ने ठाउंमा मृत्यु भयो (समय अपुस्ट) रानी देवलदेवी जेनतेन प्रकारले छोरा सहित माइती पुग्नु भयो, जहाँ भाई राजा जयरुद्र मल्ल देव तथा राजमाता पदुमलदेवीले उनीहरुलाई सम्मानपूर्वक दरवारमा राख्नु भयो ।
तत्कालिन नेपालमा कायस्थहरुको यहि नै समूहगत प्रवेश थियो । ई कर्ण कायस्थहरु अहिले नेवार कायस्थ भनाउँदा रहेछन् । जसको थरहरु वैद्य, कायस्थ, कसजु, महाजु, भुजु, आदि बुझिन्छ । तिरहुत राजाका राज्यमा सरकारी काम गर्ने अन्य कर्मचारहिरु जो विभिन्न ठाउंमा छरिएर बसेका थिए, काम थियो सरकारी कर असुल गर्नु, रेकर्ड राख्नु, भूमिको लेखाजोखा गर्नु तथा रेकर्ड राख्नु, उतै बसे । त्यसपछि कहिले मकवानपुरको सेन शासक कहिले बङ्गालको मुगल गभर्नर अन्तर्गत बसे । ब्रिटिस राज अन्तर्गत आउंदा पुनः नेपालमा गाभिए । यस समयमा पनि लेखापढी, रेकर्ड राख्ने, कर असुल गर्ने तथा भूमि सम्वन्धी व्यवस्थापनको काम यिनै कर्ण कायस्थबाट हुने गथ्र्यो । राणा शासनकोपतन पछि पनि कायस्थहरुले सरकारी उच्च पदमा कुनै मौका पाएन्, तर गाउँघरमा पटवारी वा जिम्दारको काम गरि रहेको देखिन्छ । पटवारी उर्दु शव्द हो जसको अर्थ भूमिको काम गर्ने सरकारी अधिकारी बुझिन्छ । जिम्दार कर असुल गर्ने जिम्मा पाएका अधिकारी बुझिन्छ । जिम्दारहरुलाई न्यायिक अधिकार पनि दिईएको थियो । दिवान फारसी शव्द हो, यसको अर्थ उच्च ओहदाको सरकारी कर्मचारी बुझिन्छ । गाउँ घरमा कायस्थहरुलाई सम्मान पूर्वक दिवानजी भन्ने चलन थियो, जो अप्रभंस भै देमानजी भयो । भारतको बिहार यू.पी. दिल्ली तिर कायस्थहरुलाई लाला वा लालजी पनि भनिन्छ यो शव्द ब्रिटिश राजको समयमा मिस्टर जस्तो सम्मानको शव्द हो।
कर्ण कायस्थ बाहेक अरु कायस्थहरुको नेपालमा आगमन कसरी भयो यसबारे तथ्यहरु अध्ययन गरिएको जस्तो लागेन । गण्डक (नारायणी) नदी पारि तिरहुत वा मिथिला राज्य थिएन, उतातिरका शासकहरुलाई पनि लेखन कार्य गर्ने रेकर्ड राख्ने काम गराउन कायस्थ नै उपयुक्त लाग्यो होला र सायद तिनीहरुनै पटवारी, जिम्दार, देवानजीको काम गर्दै हुने हुन् । यी श्रीवास्तव वा अम्वस्ट वा माथुर कायस्थ थिए ।


इतिहास अनुसार, १२औं शताब्दीमा कलहानद्वारा लिखित राजतरंगिनी (“नदीको राजाहरु”) काव्यमा, कश्मीरी कायस्थहरु धेरै कश्मीरी राजाहरुको प्रधान मंत्री र खजानेको अधिकारीहरुको रुपमा सेवा गरे । श्रीवास्तव कायस्थहरुले कश्मिरमा शासन गरेको पनि भनिन्छ । ई सन् ७औं शताब्दीतिर कायस्थ, कश्मीरी राजनीतिको सबैभन्दा प्रभावशाली जाति मध्ये एक थिए (राजतारंगिनी) । समकालीन संस्कृत साहित्य अनुसार, राजा ललितित्य मुक्तिपाडा कश्मीरका कायस्थ परिवारको एक गौरवशाली राजा थिए । मुगकालमा सबैभन्दा उल्लेखनीय भन्नु पर्दा उत्तर–भारतीय कायस्थ राजा तोदरमल, सम्राट अकबरको वित्त मंत्री र दरवारको नवरत्न मध्यै एक थिए, जसलाई मुगल राजश्व प्रणाली स्थापित गर्ने श्रेय दिइन्छ ।
भारतमा मुसलमानहरुको शासन शुरु हुनुभन्दा अगाडी बंगालमा कायस्थहरु ठूला ठूला जमिन्दार थिए । शासन सत्तामा राम्रो पकड थियो । मुसलमान शासकहरुले पनि कायस्थलाई विश्वास गरे र शासनमा सहभागी गराए । अबू अल फजलको अनुसार बंगालमा धेरै हिन्दु जमिन्दारहरु कायस्थ थिए । सरकारी उच्च कर्मचारी, पटवारी र देमानजीको काम यथावत रहयो । ब्रिटिश राजको समयमा कायस्थले सार्वजनिक प्रशासनमा प्रभाव जारी राख्यो । भारतीयहरुको उच्चतम् कार्यकारी र न्यायिक कार्यालय हरुको लागि खुला प्रतियोगितामा छानिन सजिलै भयो । बंगाली कायस्थहरुले भारतका अन्य भागहरुमा पनि व्यापारिक कार्यहरु बर्चस्व राखे र ब्रिटिशसँगको राम्रो सम्बन्धको लाभ उठाएका थिए । उदाहरुणका लागि सन् १९११ मा बंगाली कायस्थ र ब्राह्मणहरुले बंगालको खनिजका साथै कारखाना र मिलहरुमा ४०% स्वामित्वको मालिक थिए । ई सबै उपलब्धिको रहस्य लेखन, पडन र अंकगणितको ज्ञान हुनु थियो । अहिलेको नारायणी पूर्वको भाग मुगल कालमा बंगाल अन्तर्गत थियो । त्यस बेलाका कायस्थहरु जो अहिले नेपाली भूभागमा बस्छन् बंगालसँग प्रभावित भए जसको प्रभाव अहिले पनि देखिन्छ ।
भारतीय स्वतन्त्रता आन्दोलनका केही महत्वपूर्ण व्यक्ति कायस्थ थिए, जसमा आध्यात्मिक नेता स्वामी विवेकानन्द र श्री अरोबिन्दो र क्रांतिकारी नेता सुभाष चन्द्र बोस, खुदिराम बोस, लाला लाजपत राय, डा. राजेन्द्र प्रसाद, लालबहादुर शास्त्री, सरोजनी नायडु आदि थिए ।
कायस्थमा एउटा अर्को अचम्भको गुण देखिन्छ त्यो हो धर्मगुरुको अर्थात धार्मिक प्रवचन गर्नु र दार्शनिक हुनु । बीसौं शताव्दीका केही प्रभावशाली धर्मगुरु वा दार्शनिकहरुमा, हरे कृष्ण आन्दोलनका ये सी भक्तिवेदन्त स्वामीजी प्रभुपादको नाम अभय चरण दे(१८९६ं १९७७) थियो जो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे, हरे राम हरे राम राम राम हरे हरे गाउँदै हिड्ने वाला क्ष्क्प्इल् मिशनका प्रवर्तक हुन । महर्षिमहेश योगी (१९१७–२००८) को असली नाम महेश प्रसाद वर्मा थियो । जसलाई (त्चबलकअभलमभलतब िःभमष्तबतष्यल) को प्रवर्तक भनिन्छ, जसले कैयौ विश्वविद्यालयको स्थापना गरेका छन् कायस्थ थिए । श्री अरविंदो (१८७२–१९५०), मूल नाम अरविंदो घोष, अनंत योगको प्रवर्तक जो भारतीय स्वतन्त्र सेनानी पनि थिए एक दार्शनिकको रुपमा बढी चिनिन्छन पनि कायस्थ थिए । क्रिया योगी, परमहंस योगानन्दको मूल नाम मुकुन्द लाल घोष (१८९३ १९५२ं थियो जो पनि कायस्थ नै थिए । स्वामी विवेकानन्द (१८६३–१९०२) लाई कसले चिन्दैन, मूल नाम नरेन्द्रनाथ दत्त थियो, पनि कायस्थ नै थिए । आनन्दमार्गका धर्मगुरु प्रभात रंजन सरकार जसलाई बाबाको नामले चिनिन्छ पनि कायस्थ थिए । राजनीति तथा अभिनय एवं गायनमा भारतीय कायस्थहरुले निकै सफलता पाएका छन् ।भारतको पहिलो राष्ट्रपति, डा राजेन्द्र प्रसाद, भारतको तेस्रो प्रधानमन्त्री, लालबहादुर शास्त्री, निलमसंजिवा रेड्डी, अमिताभ बच्चन, शत्रघन सिन्हा, हिर्तिक रोशन, मुकेश, कुन्दन लाल सहगल, मन्ना ड,े राजु श्रीवास्ताव, सोनु निगमका साथै कैयौ नाम लेखेर साध्य छैन । नटवर लालको नाम पनि सुन्नु भएको होला, उनी पनि कायस्थ नै थिए ।
नेपालमा कायस्थको उद्भव र विस्तार
नेपालमा कायस्थको इतिहास एक हजार वर्ष जति पुरानो देखिन्छ । विभिन्न अनुसन्धानहरुवाट ज्ञात भए अनुसार नेपालमा कायस्थहरुका पाँच भेद मात्रै पाइन्छ (१) अतिन्द्रिय (वंगाली कायस्थ) (२) मैथिल कर्ण कायस्थ (३) अम्बष्ट कायस्थ (४) श्रीवास्तव कायस्थ (५) नेवार कायस्थ । उपलव्ध कागजातको आधारमा दिवान मंगलसिंह दास र जगपती दास क्रमशः महाराज गिर्वाण विक्रम र सुरेन्द्र विक्रम शाहका दरवारमा दीवान पदमा आसिन थिए । सुनिन्छ जंगबहादुरको उदयपछि, कायस्थलाई नौसिंदा भन्दा माथि जागिर न दिनु सनद भयो । त्यो सनद तोडन देवनाथ वर्मा सफल हुनुभयो र पहिलो महान्याधिवक्ता÷न्यायधिश बन्ने शौभाग्य प्राप्त गर्नु भयो । राणाकालमा मधेशका कायस्थहरुले खासै अवसर पाएन् । २००७ देखि २०१७ सम्म नेपालमा कायस्थहरु निजामती तर्पm केही अपवाद वाहेक, सानातिना जागिरे मात्र थिए । शिक्षा तर्पm राम्रो उपस्थिति थियो ।
राजनीतिमा स्व. महेन्द्र नारायण निधिको नाम उल्लेखनीय छ । वहांको वारेमा यहाँ जति लेखेपनि थोरै हुन्छ । गान्धीवादी नेताको रुपमा चिनिने स्व. महेन्द्र नारायण निधि, पहिलो निर्वाचित संसदको उपसभामुख हुनु भयो भने नेपाली काँग्रेसको महामन्त्री सम्म हुनुभयो । एक पटक प्रधानमन्त्री बन्ने पनि हल्ला थियो । त्यो इतिहास बन्न सकेन । स्व. काशी प्रसाद श्रीवास्तव पनि पहिलो संसदमा सांसद हुने सौभाग्य पाए । नेपालमा बहुदलको उदय पछि नेपालको राजनीतिमा कायस्थको स्थान, संख्यामाउल्लेख्य नभएपनि उल्लेखनिय छ । कपिलश्वर प्रसाद श्रीवास्तव, युगेश्वर वर्मा, बिमलेन्द्र निधि, डा. लक्ष्मी नारायण प्रसाद, लक्ष्मण लाल कर्ण, निलम वर्मा, मिथिला चौधरी विभिन्न समयमा सांसद हुनु भयो । वृखेष चन्द्र लाल, पुष्पा कर्ण, बिमल श्रीवास्तव,मनिष सुमन, रंजित कर्ण आदि विद्यार्थी राजनीतिका साथै सांसद भै राष्ट्रिय राजनीतिसम्म उल्लेख्यनिय भूमिका रहयो । जसमा बिमलेन्द्र निधि ने.वि.संघको केन्द्रिय अध्यक्ष हुदै संसदमा गुहमन्त्री तथा उपप्रधानमन्त्री समेत हुनुभयो भने, अहिलनेपाली कांग्रेस जस्तो पार्टीको उपाध्यक्ष हुने सौभाग्य प्राप्त गर्नु भयो । त्यस्तै लक्ष्मण लाल कर्ण पनि एक कर्मठ तथा प्रखर सांसदको रुपमा देखिनु भयो ।
भगवान चित्रगुप्त ज्ञान र कलमका स्वामी हुन् र उनका सन्नतिमा उनको गुणको प्रभाव पर्नुलाई स्वाभाविक नै मान्न सकिन्छ । नेपालमा कायस्थहरुको शिक्षा दिक्षा परम्परागत रुपले प्रभावकारी एवं प्रेरणादायी नै रहेको पाइन्छ । जामिन्दारी प्रथामा सम्पूर्ण लेखपढको अभिभारा कायस्थहरुको जिम्मामा हुन्थ्यो । पहिले कक्षा १० पास गरे पछि जागिर खाने काम वढी देखिन्छ भने वि.सं. २००७ साल पछि कायस्थहरु आधुनिक शिक्षापट्टि वढि ध्यान गएको देखिन्छ । हालमा कायस्थहरु व्यवसायिक शिक्षा हासिल गर्नमा वढी जोड दिएको देखिन्छ । वर्तमानकालमा कायस्थ जातिको शिक्षामा पकड बारे अध्ययन सर्वेक्षण गर्दा पुरुषतर्फ विधावारिधि गर्ने संख्या उल्लेख रहेको पाइन्छ भने महिलाहरुमा पनि यस तर्फ आकर्षण भएको देखिन्छ । युवा वर्गहरुमा प्रायःजसो सबै उच्च शिक्षामा संलग्न रहेकोबाट यी जातिमा सबै शिक्षाप्रति लगनशील रहेको भन्न सकिन्छ । अशिक्षित वर्ग न्यूनरुपमा रहेको छ ।
नेपालमा शिक्षा क्षेत्रमा कायस्थको भूमिका र स्थान उलेख्यनिय छ । शिक्षक, प्रधानाध्यापक, प्राध्यापकको सूची धैरै लामो छ । डा. महेन्द्र प्रसाद, डा. ध्रुव नारायण लाल, डा. धनश्याम लाल दास उपकुलपति हुन पाए । राजेश्वर प्रसाद श्रीवास्तव रजिष्टार भए भने डिनको सूची लामै छ ः डा. विरेन्द्र कुमार मल्लिक, ठक्कन मल्लिक, अभय कुमार दास, डा. ईश्वर चन्द्र दत्त, अशोक कुमार मल्लिक, अरुण कुमार दास,डा. राकेश प्रसाद, डा. बिमल कुमार सिन्हा, डा. शैलेन्द्र नारायण मल्लिक आदि केहि नामहरु छन् । विश्वविद्यालय सेवा आयोगको अध्यक्षसम्म पुग्ने दुई चित्रांशहरु ईश्वर चन्द्र दत्त तथा शैलेन्द्र लाभले कायस्थ कुलको मान बढाएका हुन् ।
न्याय सेवा
न्याय सेवामा, देवनाथ वर्मा, जनार्दन मल्लिक, योगेन्द्र प्रसाद श्रीवास्ताव, कृष्ण कुमार वर्मा, गिरिश चन्द्र लाल, कमल नारायण दास, अनिल कुमार सिन्हा, लोकेन्द्र मल्लिक, नागेन्द्र लाभ, विरेन्द्र कर्ण आदि नामहरु उल्लेखनीय छ । देवनाथ वर्मालाई माथि नै उल्लेख गरि सकेको छु । वहाँको कथा लामै छ । योगेन्द्र प्रसाद श्रीवास्तव दुई पटक निर्वाचनक्षेत्र निर्धारण आयोगको नेतृत्व गरि सक्नु भएको छ भने कमल नारायण दासले पनि एकपटक यस गरिमामय आयोगको अध्यक्ष बनी सक्नु भएको छ। जनार्दन मल्लिक र गिरिश चन्द्र लाल उच्च स्तरिय आयोगको अध्यक्ष पद सम्हाली सक्नु भएको छ । जसमा गिरिश चन्द्र लालको राजनीतिक विषयको पैmसलाहरु मनन योग्य छ । लोकेन्द्र मल्लिक अहिले पनि बेपत्ता तथा छानविन आयोगको अध्यक्ष हुनुहुन्छ ।
सरकारी सेवा
जस्तो कि हामीलाई थाहा छ कायस्थहरु राजकीय अर्थात् सरकारी सेवामा बडो निष्ठा पूर्वक काम गर्छन । कायस्थहरु नेपालमा प्रारम्भकाल देखीनै राजकीय प्रशासनिक कार्यमा योगदान दिँदै आएको देखिन्छ । कायस्थहरुको जीविकोपार्जनको माध्यम नै लेखनी हो । नेपालका सरकारीसेवामा कार्यरत तराईवासीहरुमा कायस्थहरुको संख्या बढी छ । समग्रमा लेखनदासीको पेशादेखि वकिल, डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, प्राविधिक लगायत व्यापार समेतमा संलग्न यी जातिको मुख्य व्यवसाय अहिले पनि नोकरी नै रहेको पाइन्छ । वाणिज्य, व्यापार, व्यवसायमा कायस्थ जातिको सलंग्नता अहिले पनि न्यून नै रहेको देखिन्छ । शिव नारायण दास, सच्चिदानन्द श्रीवास्तव, बवन प्रसाद, शम्भु शरण कायस्थ, रत्नेश्वर लाल कायस्थ, विद्याधर मल्लिक, विजय कुमार मल्लिक, डा. अन्नपूर्णनन्द दास आदिले निजामती सेवामा काम गरी सचिवसम्मको पद प्राप्त गर्नुभई कायस्थ कूलको नाम उजागर गर्नु भयो । त्यस्तै रत्नेश्वर लाल कायस्थ, रत्नाकर दत्त, बैद्यनाथ मल्लिक, हरिओम श्रीवास्तव, डा. अन्नपूर्णनन्द दास, रतीश चन्द्र लाल सुमन, कृष्णहरि पुष्कर कर्ण, संजीव कर्ण, अखिलेश्वर लाल कर्ण, विमल कुमार निर्मल आदि महानिर्देशक भै गौरव बढाउनु भयो । शेलेन्द्र प्रसाद सिंह प्रहरी सेवामा डीआईजी भै अञ्चलाधिश समेत हुने सौभाग्य प्राप्त गर्नु भयो । केहि उल्लेख्यनिय नाम यस्ता पनि छन् ः डा. गौरी शंकर लाल दास, महानिर्देशक भै लोकसेवा आयोग तथा मानव अधिकार आयोगको सदस्य भै कायस्थकूलको शोभा बढाउनु भयो भने रत्नेश्वर लाल कायस्थ त्यतिवेला आइ.एस. सी.मा विश्वविद्यालयमा उत्कृष्ट भै स्वर्णपदक प्राप्त मात्रै होइन नेपाल सकारको प्रथम प्रदेश प्रमुख मध्ये एक भै कायस्थ तथा इन्जिनियरलाई गौवान्वित गर्नु भयो । यहाँ यो पनि उल्लेख गर्न चाहन्छु कि विद्याधर मल्लिक महानिर्देशक हुनुभयो, तत् पश्चात सचिव हुनु भयो र सक्रमणकालमा पूर्व कर्मचारीको सरकार बन्दा मन्त्री समेत भै कायस्थ कूलको गौरव बढाउनु भयो । गौरव गाथाकै कुरा गर्ने हो भने अहिलेको राष्ट्रिय समाचार समिति गठन हुँदाको नाम राष्ट्रिय सम्वाद समिति थियो जसको प्रथम अध्यक्ष चित्रांश उमाकान्त दास हुनुहुन्थ्यो, जो गिर्वाण युद्ध विक्रम शाहको दिवानको नाती हुनुहुन्थ्यो । नेपालमा प्रथम हिन्दी भाषाको दैनिक पत्रिका “ नेपाली” वहाँले नै शुरु गर्नु भएको थियो ।
राजदूतहरु
ठ्क्कन मल्लिक, श्यामानन्द सुमन र विजय कान्त कर्णले नेपालको राजदूत भई विदेशमा नेपालको प्रतिनिधित्व गरेर कायस्थ कूलको शान बढाएका छन् । कायस्थ कूलमा लेखकहरुको संख्या सानो छैन तर, डा. राजेन्द्र प्रसाद विमलको नाम जगदम्बा पुरस्कार तथा मदन पुरस्कारले गर्दा उल्लेखनीय हुन आउंछ । सी. के. लाल (चन्द्र किशोर लाल) पेशाले इन्जिनियर हुनु हुन्थ्यो । तर राजनीतिक विश्लेषकको रुपमा सबैले सम्मान दिएको छ । डा. सुबोध कर्ण दक्षिण एशियाको चार्टर एकाउन्टेन्टको छाता संगठनको वर्तमान अध्यक्ष हुनुहुन्छ जो नेपालको अध्यक्ष पहिले नै भै सक्नु भएको छ । नेपालका कायस्थहरु उद्योग धन्दा तथा व्यापारमा पहिलेदेखि त्यति लागेको छैन तापनि हाम्रै चित्राँश दानवीर अरुण कर्ण एडभान्स सिमेन्टको मालिक भै उद्योग चलाउँदै उद्योगपतिहुनुभएको उदाहरण दिन चाहन्छु । गौरवशाली इतिहासमा थुप्रै नामहरु छन् प्रोफेसर, डाक्टर, इन्जिनियर, पी.एच.डी. गरेकाहरुको नाम लेखेर साध्य देखिन्न पानाको पाना भरिन्छ । गौरव गाथा र सम्मानित इतिहासमा उकालो ओरालो छैन भन्ने, भन्न संकिदैन जमिन्दारी प्रथाको अन्त्यपछि कायस्थको आर्थिक स्थित एकदम कमजोर भएको थियो, तर “विद्या धन है अमिट, छिन सकय न कोय” भने जस्तै भयो । यो विद्या धनको आराधना श्री महाराज चित्रगुप्तको सन्तानहरु अर्थात् कायस्थले जन्मे देखिनै गरेका हुन्छन् । अर्को शव्दमा यो बंशानुगत गुण हो । यो अमिट धन कायस्थको काया अर्थात् आत्मामा व्याप्त सन्निहित धन हो । यो धन दुबो जस्तो अमर हुन्छ । जसरी दुबोले अलिक अवसर पाउने वित्तिकै आफ्नो अस्तित्व देखाई हाल्छ र पैmलिने कोशिस गर्दछ त्यस्तै विद्याले पनि अवसर पाउने वित्तिकै आफ्नो प्रभाव देखाई हाल्छ । यसको अर्को गुण, जति बाँड्यो त्यति बढ्यो हो । हामीसँग हाम्रै इतिहासको पूर्वाधार छ । विद्या हाम्रो रगतमा छ , जीवनको सफलताको लागिप्रयास अर्थात कर्तव्य गर्दै जाने र सन्तोषजनक निर्वाह गर्न पृथ्वीमा जन्म भै आएको कहिल्यै नबिर्सिएर आफ्नो समद्धिमा अरुको खुशी पनि चाहिने भएकोले अरुको समृद्धिमा आपूm खुशी रहेको जनाउंदा सरल र सक्षम जीवनमा खुशी र सहजता अनुभव गर्न सकिन्छ । समय तथा परिस्थितिको अवस्था अनुसार आवश्यकता भन्दा बढिको अपेक्षा नगर्ने तर संयमवाट आपूmलाई जोडेर राख्दा भएको समृद्धि जोगाएरराख्न सकिन्छ यसलाई बढाउन पनि सकिन्छ |