मैथिल समाजमा नारीको स्थान परापूर्वकालदेखि उल्लेखनीय रहेको तथ्य प्रष्ट नै छ । यद्यपि केही ग्रन्थकारहरूले नारीको स्थान तुच्छ एवं अपहेलनापूर्ण रहेको चर्चा पनि सर्वत्र पाइन्छ । तत्कालीन समाजमा सभा समारोहमा नारीलाई बोल्ने अधिकार हुन्थिएन । समाजमा क्रय एवं बहु विवाह प्रचलित
थियो । उपनिषद् कालमा आएर नारी सम्बन्धि उपर्युक्त अवधारणामा परिवर्तन भएको पाइन्छ । हारीतकको विचारमा समाजमा ब्रह्मवादिनी तथा सद्योबध गरी नारी दुई श्रेणीमा विभक्त थिइन् । पुरुषलाई अनेक श्रीमती राख्ने हकभए पनि महिलाहरूले बहुपति राख्न सक्दैनथे । तत्कालीन समाजमा मैथिल बुहारी
हरूपनि ससुराका अगाडि पर्दैनथे भन्ने प्रमाण ऐतरेय ब्राह्मणमा पाइन्छ । समाजमा घृणित परम्पराको प्रचलनका साथै नारीलाई विलासिताको वस्तु मानिन्थ्यो । वेश्यावृतिका सँगसँगै सती प्रथा पनि प्रचलित थियो । तथापि, प्राचीन कालमा तक्षशिला विश्वविद्यालयमा मिथिला र वैशालीका विद्यार्थीहरू पढन जान्थे । महिला पनि विदुषी हुने गर्दथिन । तत्कालीन अवस्था एवं सामाजिक परिवेशमा पनि नारीको योगदानले वर्तमान नारी जातिलाई गौरवान्वित गर्दछ । तत्कालीन समयको इतिहासले समस्त नारीमा नेतृत्व गर्ने क्षमताको प्रेरणा प्रदान गरेको पाईन्छ, चाहे त्यो राजनीति होस वा शिक्षा अथवा प्रशासन ।
यसप्रकार ऐतिहासिक पृष्ठभूमिमा नाम कमाएकी महिषी एवं विदुषीहरुको योगदानबाटमिथिलाकी नारी प्रेरित एवं अनुप्राणित रहेको सहजै बुझिन्छ । मिथिलाका महिषी एवं विदुषीहरूमा सीता,गार्गी, मैत्रेयीका साथै सुलभा, वेदवती, सत्ययज्ञी, भारती, देवलदेवी, लखिमादेवी, विश्वासदेवी, लालमती,कान्तिवती आदिको नाम उल्लेखनीय छन् ।
सीता :
मिथिला भूमिको सर्वश्रेष्ठ महिला जो समस्त नारीको आर्दशको रुपमा मात्रै स्थापित न भई सम्पूर्ण हिन्दू धर्मालम्वीहरूको माताको रुपमा जगत्जननीको सज्ञां पाई धार्मिक इतिहासको एक अद्वितीय पात्र हुन् । सीता रामायण र रामकथाकी मुख्य पात्र हुन् । सीता जो जानकीको नामले पनि ख्यात छिन,
मिथिलाका राजा जनकको छोरी थिइन् । यद्यपि, सीताको जन्म जनककी रानी सुनैनाको गर्भबाट न भई सीतामढी (भारत) को पुनौरा भन्ने स्थानमा हलो जोत्दा माटोमुनि रहेको गाग्रोबाट उत्पन्न भई भएको भनिन्छ । उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सित भएको थियो । धनुष यज्ञको
आयोजन गरी राजा जनकले पिनाक नामक धनुषलाई उचाल्नेसंग सीताको विवाह गर्ने सर्त राखे बमोजिम स्वयंवरमा श्री रामद्वारा धनुष भंग गरिए पछि भएको थियो ।
राजर्षि जनककी छोरी, भगवान मर्यादा पुरुषोत्तम रामकी पत्नी सीता मिथिलाकी पुत्री हुन् । आदर्श नारीका रुपमा ख्याति प्राप्त सीता एक आदर्श पत्नी, आदर्श महारानी, आदर्श बुहारी, आदर्श भाउजु एवं आदर्श माता थिइन । समग्रमा सीता आदर्श, सचरित्रता, करुणामयी, सतीत्व र मातृवात्सल्यको
अद्वितीय पात्र भएकीले हिन्दू धर्मानुरागीहरू सवैका जग्गजननी माताका रुपमा पुजित छिन् । यस अर्थमा मिथिलाकी छोरी जानकी मात्र मिथिलाकी नभई समग्र नेपालकै पुत्री भएको नाताले सीतालाई नेपालको राष्ट्रिय विभूति मानिएको छ । धैर्य, संयम, सहनशील र विवेककी प्रतिमूत्र्ति सीता पौराणिक मिथिलाकी प्रथम आदर्श महिला थिइन्, जसको आदर्श, मातृवात्सल्य, सतीत्व र त्यागले उनलाई भगवती, जगत जननीको संज्ञा दिइयो । सामाजिक जनजीवनमा सीता वा जानकी नाम स्मरण गर्नु मात्रले पनि जीवन धन्य र परलोक सप्रने जनधारणा व्याप्त रहेको पाइन्छ । यस अर्थमा सीता नेपालीय मिथिला भूमिकी पुत्री हुनुमा मिथिलाबासीसहित सम्पूर्ण नेपाली नै गौरवान्वित छन् ।
गार्गी :
गार्गी वाचकन्वी नाम गरेका महर्षिकी छोरी थिइन । यीनको जन्म गर्ग गोत्रमा भएकोले यिनी गार्गी नामले प्रख्यात् भइन । यिनी परम विदुषी थिइन् । पौराणिक कालका राजा जनकको दरवारमा श्रेष्ठ ब्रह्मज्ञानीहरूको जमघट हुने गर्दथ्यो । यी श्रेष्ठ ब्रह्मज्ञानीहरूमा वृहदारण्यकोपनिषद्का रचियता
सर्वब्रह्मज्ञाता याज्ञवल्क्य र गार्गी बीच अति ज्ञानोपयोगी एवं रोचक सम्वाद भएको थियो । लामो सम्वाद र प्रतिसम्वादमा याज्ञवल्क्यले, यो जगतादि ब्रह्माण्ड ब्रह्ममा अवस्थित छ भन्ने तर्क स्थापित गरेका थिए भने गार्गीको अन्तिम प्रश्न थियो —‘ब्रह्म’ के मा अवस्थित छ ? याज्ञवल्क्यलाई जवाफ फर्काउन
गाह्रो भयो । उनले गार्गीलाई भने — यो तिम्रो अन्तिम प्रश्न हुनु पर्दछ । यस पछि पनि तिमीले अर्को प्रश्न ग¥यौ भने तिम्रो शिर टुक्रा–टुक्रा हुनेछ । लौ, जवाफ सुन– ब्रह्मलाई जान्नेले मात्र उनको अवस्थिति जान्न सक्छन् । गार्गीको प्रतिभाका सबै कायल थिए । महर्षि याज्ञवल्क्यले सो शास्त्रार्थको अन्त्यमा
गार्गीलाई यथार्थ सुख वेदान्ततत्व सम्झाए, जो सुनेर गार्गी परम सन्तुष्ट भइन् । तत्कालीन समयमा ब्रह्मवादिनी गार्गी आफ्नो ज्ञानशक्तीको प्रदर्शनबाट समग्र नारी जातिलाई नै गौरवान्वित गरेकी थिइन् । गार्गी वाचकन्वी आजन्म ब्रह्मचारिणी भई जीवन ज्ञापन गरेकी थिइन् ।
मैत्रेयी :
वैदिककालीन महिला समाजमा ख्याति प्राप्त मैत्रेयी एक विदुषी एवं ब्रह्मवादिनी महिला थिइन् । उनी ऋषि मित्र की पुत्री थिइन् । उनको विवाह महर्षि याज्ञवल्क्यसंग भएको थियो । यद्यपि, याज्ञवल्क्यकी यिनी दोश्रो पत्नी थिइन् । महर्षि याज्ञवल्क्यको पहिलो पत्नी कात्यायनी (कल्याणी) थिइन् । कात्यायनी र मैत्रेयी दुवै बीच राम्रो सम्बन्ध थिएन । कात्यायनी मैत्रेयी सित धेरै नै इष्र्या गर्दथिन । इष्र्याको मुख्य कारण मैत्रेयीमा विद्यमान विद्वता र गुण थियो, जसबाट याज्ञवल्क्य वढी नै प्रभावित थिए र कात्यायणीको अपेक्षा मैत्रेयीलाई वढी स्नेह गर्थे । आफ्ना पति याज्ञवल्क्यका साथ यीनको कैयांै पटक आध्यात्मिक विषयमाथि अनेकौं सम्बाद भएको चर्चा वृहत् उपनिषद्मा उल्लेख भएको पाइन्छ ।
प्राचीन मिथिलाको इतिहासका विदुषीहरूमा सुलभा जो वैदिक समाजमा विदुषी महिलाको रुपमा ख्याति कमाएकी थिइन् । यिनको योगदान मिथिलाको दर्शनमा मात्र हैन कि सम्पूर्ण भारतवर्षमा प्रतिबिम्वित भएको पाइन्छ । त्यसै गरी मिथिलाकी विद्वान विदुषी महिला थिइन सत्ययज्ञी, वेदवती ।
यीनीहरूले पनि तत्कालीन परिवेशमा विद्वताको फाँटमा नाम अर्जित गरी मिथिलाकी नारी जातिको गौरव बढाउने कार्य गरेकी थिइन् ।
मिथिलाको नारी जातिका विद्वताको अविष्मरणीय गाथा कुमारिल भट्टकी बहिनी एवं कुमारिलभट्टकै शिष्य, पूर्व मिमांसा दर्शनका प्रसिद्ध आचार्य मण्डन मिश्रकी पत्नी भारतीको रहेको पाइन्छ । मिथिलाका महिषी गाँउका निवासी महापंडीत मण्डन मिश्रको प्रसिद्धी र ज्ञानको ख्यातिबाट आदि शंकराचार्य
उनीसंग भेटन उनका गाँउ पुगेका थिए । जहाँ महिलाहरू एक आपसमा संस्कृतमा वार्तालाप गर्ने गरेको उनले भेटाएका थिए । मण्डन मिश्रको घरमा पुग्दा मण्डन मिश्र र उनकी पत्नी भारतीको आदर सत्कारबाट गदगद भएका थिए । आदर सत्कार पश्चात् मण्डन मिश्र र शंकराचार्यका बीच शास्त्रार्थ हुन लाग्यो । आसपासका पण्डित जमात पनि उपस्थित भए र सो शास्त्रार्थ सभाको सभापतित्व भारतीले गरी निर्णायकत्र्ताको भूमिका निभाएकी थिइन् । यसक्रममा मण्डन मिश्र र शंकराचार्यको शास्त्रार्थ हुँदा शंकराचार्य विजय भएको निर्णय भारतीले नै सुनाएकी थिइन् । साथै भारतीले शंकराचार्यलाई भनिन् मंडन
मिश्र विवाहित हुन् । म र मेरो पति अर्धनारेश्वर जस्तै एउटा इकाई भएकोले अहिले तपाई आधा भागलाई मात्रै पराजित गर्नु भएको छ । मसंग पनि शास्त्रार्थ गरी मलाई पनि पराजित गरे मात्र तपाईको विजय पूर्ण मानिनेछ । शंकराचार्यले भारतीको चुनौतीलाई स्वीकार गरे । दुवैका बीच जीवन– जगतका विविध
पक्षमाथि प्रश्नोत्तर भई शंकराचार्य विजयोन्मुख थिए । तर भारतीले एउटा अन्तिम प्रश्न गरिन् । जुन गार्हस्थ जीवनमा महिला–पुरुषबीचको सम्बन्धका व्यवहारिक ज्ञानसंग सम्बन्धित थियो । शंकराचार्यलाई उक्त जीवनको व्यवहारिक पक्ष बारे बढी ज्ञान थिएन । उनले ईश्वर एवं चराचर जगतका बारेमा अध्ययन गरेका थिए र अद्वैतवादलाई मान्दथे । भारतीको प्रश्नले उनलाई पराजित ग¥यो । उनले आफ्नो हार स्वीकार गरे । शास्त्रार्थ सभाले भारतीलाई विजयी घोषित गरेको थियो । यसप्रकार भारतीको भूमिकाले मिथिला समाजकी नारी जीवनका हरेक क्षेत्रमा प्रशंसनीय थिइन भन्ने सन्देश प्रवाह गर्नुका साथ
महिलाको गौरवान्वित इतिहासलाई स्मरण गराउँदछ ।
देवलदेवी :
मध्यकालीन नेपालको इतिहासमा ख्याति महषिहरूमा देवलदेवी पर्दछिन् । यी मिथिलाका कर्णाटवंशी राजा हरिसिंहदेवकी रानी थिइन् । यिनी उपत्यका (भक्तपुर)को शासक जयतुंगमल्लकी छोरी थिइन् र यीनको नाम देवलक्ष्मीदेवी भए पनि यिनी कालान्तरमा देवलदेवीको नामले ख्याति कमाएकी थिइन् । सन् १३१२ मा भक्तपुरका शासकले मिथिला नरेश हरिसिंहदेवको प्रभावलाई स्वीकार गर्दै देवलदेवीसीत विवाह गरी मैत्री सम्बन्ध स्थापित गरेका थिए । पछि सन् १३२४ मा मुसलमानी आक्रमणमा पराजित भई उपत्यकातर्फ लाग्दा बाटोमा हरिसिंहदेवको निधन भएपश्चात् देवलदेवी आफ्ना छोरा जगतसिंहलाई लिई काठमाडौं उपत्यका ( भक्तपुर) मा शरण लिन गएकी थिइन् । उनले काठमाडौं उपत्यकामा तीन दशक भन्दा बढी समयसम्म शासन चलाएकी थिइन् । यिनकै नातिनीसंग जयस्थितिमल्लको विवाहको प्रसंगले यिनको राजनीतिक प्रभावलाई प्रतिविम्वित गर्दछ ।
लखिमा देवी :
ओइनवार वंशीय मिथिलाका राजा शिवसिंहकी रानी थिइन लखिमा देवी । राजा शिवसिंहको दिल्ली सुल्तानसंगको युद्धमा अवसान भए पश्चात् शिवसिंहका प्रिय एवं विश्वासपात्र कविकोकिल विद्यापतिका साथ लखिमादेवी सप्तरीका तत्कालिन राजा पुरादित्यको दरवारमा शरण लिन पुगकी थिइन । पछि विद्यापतिको प्रयासले सुल्तानबाट सनद पाई पुनः मिथिला फर्किई सन् १४१६ तिर राज्य सिंहासनमा बसेकी थिइन् । लखिमा देवी तत्कालीन महिलासमाजकी प्रसिद्ध विदुषीका साथै कवियत्री पनि थिइन् । उनका संस्कृत कविताहरु मैथिल पण्डितसमाजमा सम्मानित छन् । उनको प्रत्युत्पन्नमतित्व र
वाक्– विनोद चातुर्यका सम्बन्धमा अनेक किम्बदन्तीहरू रहेका पाइन्छन् । उनीद्वारा लेखिएका संस्कृत पद्यबाट सामाजिक सचेतता, व्यंग्यप्रतिभा र प्रगतिशील जीवनको परिचय पाइन्छ |
विश्वासदेवी :
मिथिला नरेश शिवसिंहका भाई सन् १४३० ताका मिथिलाको गद्दीमा बसेका थिए । यिनी निःसन्तान भएकाले यिनको निधन पश्चात् उनकी प्रिय रानी विश्वासदेवी मिथिलाको सिंहासनमा विराजमान भइन् । यिनले लगभग १२ वर्ष जति मिथिलाको राज्य संचालन गरेकी थिइन् । यिनको संरक्षणमा विद्यापतिले ‘शैवसर्वस्वसार’, ‘प्रमाणभूत–पुराणसंग्रह’ एवं ‘गंगावाक्यावली’ को रचना गरेका थिए । आफ्नै नाममा बसौली भन्ने गाउँ बसाएर सो ठाउँलाई राजधानी बनाएकी थिइन् । यसरी राज्य संचालन गर्ने ससक्त, क्षमतावान महिलाको रुपमा ख्याति प्राप्त विश्वासदेवीको लगाव साहित्यमा पनि रहेको कुराको पुष्टि विद्यापतिलाई प्रोत्साहन गर्नुबाट सहजै बुझ्न सकिन्छ ।
लालमती :
मिथिलाको भगवतीपुरका लालमती कान्तिपुरका राजा प्रतापमल्लकी रानी थिइन । प्रताप मल्लका अनेक रानीहरु थिए । ती सवैमध्ये लालमतीको नाम उल्लेख्य थियो । यस सम्बन्धमा काठमाडौँ उप(त्यकाको प्रतापमल्लको एउटा शिलालेखमा ‘भगवतीपुर देशको महोत्तरी राज्य’ मा कीर्तिनारायणको वंशावली उल्लेख गरिएको छ —‘भगवतीपुर कीर्तिनारायण श्यवान पुत्री राजकन्या श्रीश्री बाघनारायण, श्यवान पुत्र श्रीश्री कीर्तिनारायण श्यवान पुत्री राजकन्या श्रीश्री लालमतिदेवी सोहम महारानी पति महाराजाधिराज भूपकेसरी श्रीश्री राज राजेन्द्र प्रतापमल्ल…..।’ महोत्तरीको राजा कीर्तिनारायणको छोरी
लालमतिसंग प्रतापमल्लको बिवाह भएको थियो । राष्ट्रिय अभिलेखालयमा संरक्षित ‘हरिवंश’ पुस्तकको पुष्पिकाबाट लालमतिले हरिवंशको द्वादश पारायण गराएको जानकारी प्राप्त हुन्छ । यस पुष्पिक वाक्यमा कीर्तिनाराणलाई महुतरी राज्याधिप भनिएको छ । यथा —संवत् ७७२ चैत शुक्ल पंचदशया तिथौ तहिने
नेपालदेशे महाराजधिराज श्रीश्री मन् प्रतापमल्ल पालितायां कान्तिपुर्या महाराजाधिराज प्रताप मल्लले प्रभोराज्ञा प्राप्य महुत्तरी राज्याधिराज श्रीश्री मत कीर्ति नारायण कन्यकण श्रीश्री लालमति देव्यां हरिवंश परायण कृतः । (मेडिएभल नेपाल, भाग–४, शिलालेख स.ं ५४÷श्रोत— प्रफुल्लकुमार सिंह मौन,
नेपालक मैथिली साहित्यक इतिहास, विराटनगर, नेपाल, १९७२ ई.) । सन् १६५०–५२ ई. ताकाको यस वैवाहिक सम्बन्धबाट महोत्तरी राजवंशको कुलीनता एवं राजकीय स्तर उच्च भएको मान्नुका साथै मध्य कालीन समाजमा मल्लशासकको प्रियपात्र भई राजकीय प्रतिष्ठा प्राप्त गर्नु कम महत्वपूर्ण मानिन्न ।
यस अर्थमा यिनी मिथिलाको एक महषिको रुपमा इतिहासमा स्थापित नाम रहेको स्षष्ट छ । यिनलाई केही इतिहासकारले लिलावती भनी उल्लेख गरेको पनि पाइन्छ ।
कान्तिवती :
कान्तिवती मिथिलाक्षेत्र अन्तर्गत महोत्तरीको विन्ही गाँउकी ब्राह्मण परिवारमा जन्मेकी कलिलै उमेरकी विधवा नारी थिइन । यी यति सुन्दर थिइन की यिनी आफ्ना अभिभावक साथ पशुपति दर्शन गर्न गएकी बेला तत्कालीन नेपालका नरेश रणबहादुर शाहको दृष्टि यिनीमाथि पर्न गयो । रणबहादुर शाह उनको रुपबाट यति आकर्षित भए कि विवाहको प्रस्ताव नै राखी हाले । तत्कालीन समयमा मैथिल समाजमा विधवा विवाह प्रचलित थिएन । तर पनि राजाको प्रस्ताव सामु कान्तिवतीले आफ्नो गर्भबाट जन्मेका सन्तानलाई राजा वनाई दिने वाचा गराई रणवहादुरसित विवाह गरेकी थिइन । सन् १७९७मा
यिनको गर्भबाट गिर्वाणयुद्धको जन्म भयो । यद्यपि, स्वजातीय जेठा छोरा रणोद्योत शाह युवराज छँदै थिए तथापि, प्रिय रानी कान्तिवतीले आफ्ना छोराको लागि गद्दी त्याग गर्न राजालाई आग्रह गर्दै थिइन् । सोही समय कान्तिवती विरामी पनि परिन । राजा रणवहादुर शाहले कान्तिवतीको इच्छानुसार सन्
१७९९मा उनको छोरा गिर्वाण युद्धलाई राजगद्दीमा बसाई आफु स्वामी भई स्वामी महाराजको नामले जान्न थालिए । कान्तिवतीले आफ्नो छोरालाई राजगद्दीमा बसाए पश्चात् केही दिनमै स्वर्गिय भईन । कान्तिवतीको प्रेममा पागल भएका स्वामी महाराजले कान्तिवतीलाई निको पार्न जे जति लुटाएका
थिए, उनको निधन पश्चात् वियोगमा त्यतिनै उत्पात मच्चाएबाट कान्तिवतीको अस्तित्व प्रष्टिन्छ । कान्तिवतीको राजनीतिक दुरदर्शिताले नै शाहवंशको विकासमा मैथिलवंशको रगत प्रवाहित रहेको तथ्य स्मरणीय छ । मिथिलाको लोकजीवनमा केही लोककथामा आधारित मैथिल महिषी र विदुषिहरूको चर्चा पाइन्छ । यी मध्ये एक थिइन्–मोतिदाई । मोतिदाई अति श्रद्धाका साथ नित्य विहानै नुहाईधोई भगवानको पूजा गर्ने, तुलसीमा जल चढाई मात्र कुनै कार्य गर्दथिन् । तर पनि उनको कुनै सन्तान भएन । उनी निःसन्तान थिइन् । समाजमा जहाँपनि ‘बाँझी’ भएको अपमान खप्पिनु पर्दथ्यो । उनको आँखा जो माथि पर्दा उ पनि बाँझो हुने जस्ता निकृष्ट वचन समाजबाट उनको कानले सुनिराख्नु पथ्र्याे । यस्तो परिस्थितिमा उनको हृदयबाट मातृत्वको लहर उठ्न गई उनी आफ्नै निष्ठामाथि विचार गर्न थालिन र यतिका दिनसम्मको निष्ठा एवं श्रद्धाको फल बाँझो कहलाउने हो ? मोतिदाइ विक्षुब्ध भइन् । उनी आफूप्रति देउताको
निर्दयिता देखेर बौलाही जस्ती भएर देउतामाथि आक्रोस पोख्दै घरको इष्टको थलोलाई नै भत्काई दिइन् । पछि सो कार्यबाट लज्जित भई जीवनलाई नै व्यर्थ ठानी आफ्नो जीवन त्याग गर्न आफ्नो चिता तैयार गरिन् । मोतिदाइको यस्तो गतिविधि बाट देउतामाथि नै प्रश्न चिन्ह लाग्ने भयो जबकी मोतिदाइको
पुर्पुरोमा सन्तान लेखेकै थिएन । तर पनि कुलदेउता प्रकट भए । कुलदेउताले उनलाई बच्चा हुने तर सो बच्चा छैंठीको दिनमै मर्ने बताए । देउताले भने उनुसार मोतिदाइले बच्चा जन्माइन, जुन बच्चा छैंठीको दिन मैं म¥यो । त्यस उप्रान्त समाजमा उनी ‘बाँझी’को अपहेलना सहनु वा सुन्नु परेन । यस्तै, मलाह
जातिकी गांगोदेवी थिइन् । भनिन्छ, मलाहहरूले गांगोदेवीको नाम लिई जाल विछाउँदा मनग्य माछा पर्ने गर्दथियो। एकपटक गांगोका पति रिसाएर परदेश लाग्दा गांगोको अत्यन्त हृदयविदारक विलापले पतिलाई परदेश जानबाट रोकेकी थिइन् । आदि, मिथिलाका यस्ता अनेकानेक लोककथामा आधारित विदुषी–महिषीको नाम चर्चित एवं स्मरणीय रहेको पाउन सकिन्छ ।
सन्दर्भ सुचीः
१. प्रफुल्लकुमार सिंह मौन, नेपालक मैथिली साहित्यक इतिहास, विराटनगर, नेपाल, १९७२ ई.) ।
२. राधाकृष्ण धौधरी, मिथिलाक इतिहास, दिल्लीः श्र्रुति प्रकाशन, २०१० ई.।
३. राजेन्द्रप्रसाद विमल, मिथिलाको इतिहास, संस्कृति र कला–परम्परा,काठमाडौंः हिमालय बुक
स्टल,२०६२ ।
४. रोशन जनकपुरी, नेपालका प्रदर्शनकारी कला, प्रादेशिक अनुसन्धान, प्रदेश नं.२, काठमाडौंः नेपाल
संगित तथा नाट्य प्रज्ञा–प्रतिष्ठान,२०७४ ।
५. श्रीरामप्रसाद उपाध्याय, नेपालको प्राचीन र मध्यकालीन इतिहास, काठमाडौंः रत्न पुस्तक
भण्डार,२०७१ ।
६ नययनभि‘