आज श्रीकृष्ण जन्माष्टमी
हिन्दु संसारले मात्र होइन,
सारा संसारले मनाई रहेछन्
सूरदासले मनाएका थिए, मीराले मनाएकी थिईन ….
रसदानले पनि त त्यत्तिकै उत्साह र प्रेमले,
ब्रजका त्यो लालालाई सम्झेका थिए …..
अनि छछिया भरी छाछमा मात्र,
त्यो गोपाललाई अहीरकी छोहरीयाहरु संग नचाएका थिए …
नर र नारायणका भेद–भावहरु मेटाएका थिए ।
त्यो ब्रहवेत्ता श्रीकृष्णलाई म पनि प्रणाम गर्न चाहन्छु…….
त्यो महाभारतका कर्तालाई म पनि सम्झन चाहन्छु ……
त्यसले हाम्रा पूर्वजका समाजलाई शोषण मुक्त गर्न गरेका प्रयासहरु प्रति म पनि अभार व्यक्त गर्न चाहन्छु ।
तर आज मेरो मनमा महाप्रश्न पनि छ । हे कृष्ण
तिमीले सारा योद्धाहरुलाई राखी दिएको वचन कहिले पूरा गर्न छौ १
तिमिले ”……. सम्भवामी युगे युगे “
भनी गरेका बाचा कहिले निभाउने छौ । हे केशव १
आज फेरी सकुनीहरुले तिम्रा धरतीलाई दुषित पारि रहेछन् ।….
आज फेरी भिष्म भ्रमित भई रहेका छन् ।
तिमिले सुनेनौ द्रोपदीका चित्कारहरु …..
दुष्शासनहरुका बली भुजाहरु र दुर्योधनहरुका निर्लज्ज जंघाहरुले……
भाँची रहेका छन्…. तिम्रा मर्यादाहरुलाई ।
आज फेरी चन्द द्रव्यका लागि द्रोणहरु, असमंजसमा परेका छन् ….
फेरी धर्मपालनको नाउँमा कर्णहरु ।उभिएका छन्…..
तिमी कहिले आउने छौ रु
आज मलाई भनी हाल…..
धेरै भयो हामीले तिम्रो बाटो हेरेको …..
तिमि हाई हाल……।
हे माधव १ तिमी आई हाल ……।
श्रीकृष्ण जन्माष्टमी
गिरीश चन्द्र लाल
०२ सितेम्बर २०१८, श्रीकृष्ण जन्माष्टम