देवलदेवी : एकटा पृथक सन्दर्भ

डा. शैलेन्द्र नारायण मल्लिक
सहप्राध्यापक रा.रा.ब.क्याम्पस,
जनकपुरधाम

तन्त्र, मन्त्र, र यन्त्र तीनै विद्याको संयुक्त ज्ञान दिने शास्त्रलाई तन्त्रशास्त्रको संज्ञा दिइएको छ । तन्त्रशास्त्र वेद निर्दिष्ट शास्त्र हो । वेदहरूको ऋचा मन्त्रमय छन् । रुद्रयामल तन्त्रानुसार ‘अथर्ववेद तंत्रास्थ कुण्डली परदेवता’ उक्तिले यो विद्या वेद सम्मत हो भन्ने पुष्टि हुन्छ ।ज्ञ मिथिला वैदिक–तान्त्रिक–साधनास्थलको रुपमा सनातन देखि नै विख्यात् रहिआएको छ । शतपथ ब्राह्मणमा उल्लेख भए अनुसार विदेधमाथवको मुख संभूत वैश्वानर (अग्नि देवता) को कृपाले जंगल एवं दलदल युक्त भूमि सुकेर बास बस्न योग्य भूमिमा परिणत भयो । निमिको देहमन्थनबाट उत्पन्न पुत्र मिथिको नाममा यस क्षेत्रको नामकरण मिथिला भएको भन्ने सन्दर्भले मिथिलाको भूमि र नाम दुवैमा तन्त्रशक्तिको भूमिका र महत्व प्रष्टिन्छ । मिथिलाका सर्वाधिक महत्वका ऋषि याज्ञवल्क्य सम्पूर्ण यजुर्वेदलाई सूर्यबाट प्राप्त गरेका थिए । यस वेदको चालिसौं अध्यायमा १८ मन्त्र रहेका छन् । जुन ‘ईशा वास्योपनिषद्’ मा पनि संगृहित छन् । यी १८ मन्त्रको प्रभाव श्रीमद्भागवतको १८ हजार श्लोक, महाभारतको १८ पर्व, गीताको १८ अध्याय एवं रामचरित मानसको १८ छन्दमा परिलक्षित हुन्छ ।द्द ऐतिहासिक अध्ययनका दृष्टिकोणले पालवंशीकालमा तन्त्र युगको प्रारम्भ भएको थियो । एघारहौं शताब्दीमा बौद्ध अभिष्ठात्री देवी ताराको प्रतिमा स्थापित स्थानलाई तत्कालिन मिथिलाका मैथिलहरूको तन्त्र साधनाको केन्द्र मानिन्थ्यो ।घ यस अर्थमा तन्त्रको प्रधानता मिथिलामा प्राचीनकाल देखि नै रहेको पाइन्छ । मिथिलामा तन्त्रका अनेकानेक साधकहरू भए र तन्त्रको विकासभूमि पनि बंगालको अपेक्षा मिथिलालाई नै मानिएको छ । बंगालमा उत्पन्न भेलोत्तर तन्त्रका मिथिलामा अनैकौं पुस्तक लेखिएको छ । यसमा देवनाथ ठाकुरको ‘तन्त्र कौमुदी’ र ‘मन्त्र कौमुदी’ नामक पुस्तक उल्लेखनीय छन् । यी दुवै पुस्तकहरू तान्त्रिक विधिका ज्ञान प्राप्तिका लागि महत्वपूर्ण मानिन्छन् । यसैगरि नरसिंहद्वारा लिखित ‘तारा भुक्ति सुधार्णव’ हरिपति आगमाचार्यद्वारा ‘मंत्र प्रदीप’ र कुमार गदाधरद्वारा ‘तंत्र प्रदीप’ आदि अनेकानेक पुस्तकहरू महत्वपूर्ण छन् । मिथिलामा तन्त्रको प्रचारको रुप जे जस्तो भए पनि यहाँ आदिकाल देखि नै शक्ति पूजाको ठूलो महत्व रहेको छ जसको उदाहरण अहिले पनि घरघरमा गोसाउनि(इष्टदेवी)को पूजा गर्ने गरिन्छ । आप्mनो प्रारम्भकाल देखि नै तन्त्र मिथिलाको धार्मिक जीवनको मुख्य अंग रहँदै आएको छ । भनिन्छ तन्त्रलाई लिएर नै मिथिला र चीनबीच सम्पर्क स्थापित भएको थियो ।द्ध मैथिल तन्त्र पद्दतिबाट तिब्बत–चीन, जापान, नागालैण्ड आदि देश–प्रदेश प्रभावित रहेको र यी देशहरूका तान्त्रिक पद्दतिले मिथिलालाई पनि प्रभावित गरेको प्रतीत हुन्छ । तिव्वतको ज्ञानगंज नामक स्थान साधकगणको तपस्या स्थलको रुपमा प्रसिद्ध मानिन्छन् । त्यस्तै चीनको ‘ यान’ एवम् ‘इन’ को पूजन तन्त्र पद्दतिद्वारा हुने गर्दछ । यान पुरुष र इन स्त्री देउताको रुपमा पूजिन्छन् । तन्त्रमा चिनाचारको महत्व रहेको छ । मिथिलामा महानसगृह(भान्साघर)मा चिनवार हुने गर्दछ, जुन चीनबाट आयातित मात्रै हैनकि महिलाहरू रन्धनक्रममा, अग्निमा अन्न उत्सर्ग गर्ने आदि पद्दति पनि चीनको तान्त्रिक साधनामा पनि प्रचलित रहेको बुझिन्छ ।छ मिथिलाको लोक जीवनमा प्रचलित लोक वैदिक साँस्कृतिक परम्परामा आधारित मुल्य मान्यता र आचार– विचारपूर्ण विधि व्यवहारमा तान्त्रिक प्रभाव मैथिली सामाजिक जीवन पद्दतिको शास्वत जीवन दर्शनको रुपमा सार्थक र उज्जीवित रहेको पाइन्छ ।ट मिथिलामा नवरात्राको विशेष महत्व रहेको छ र यसले तन्त्र प्रभावित संस्कृतिको स्वरुपलाई अंगिकार गरेको पुष्टि हुन्छ । यद्यपि पंचोपासक मैथिलहरूको कुण्ठित परम्परालाई नवजीवनको प्रेरणा संचार गर्ने योगदान पालकालीन बौद्ध–हिन्दु तान्त्रिक कलाले प्रदान गरेको हो ।ठ तान्त्रिक दृष्टिकोणबाट जगत शिव–शक्तिमय छन् । प्रत्येक पुरुष शिवस्वरुप छन् भने प्रत्येक नारी शक्तिस्वरुपा । पारद(पारा) शिवको स्कन्नतेज(क्षरित विर्य) हो तथा अभ्रक नारीको रजको प्रतीक । सिन्दूरलाई सृष्टि तथा सौभाग्यवाचक मानिन्छ । मिथिलाको लोक परम्परा वेद तथा तन्त्रानुमोदित सांस्कृतिक वैशिष्ट्य रुपमा प्रकट हुने गर्छ । अतः तन्त्रपीठ मिथिलाको सांस्कृतिक आदर्श विश्व संस्कृतिलाई अनुप्राणित गरेको तथ्यलाई नकार्न सकिन्न ।ड राजर्षिजनक र याज्ञवल्क्यको समयदेखि नै मिथिलामा भित्तिचित्रकला, कोबर (कोहबर) र स्वस्तिक अरिपनको परम्परा प्रचलित रहेको पाइन्छ । कर्णाटकको शासनकाल (एघारहौं शताब्दी) मिथिलाको लागि पुनर्जागरणकाल मानिन्छ । यस कालमा गृहकलाको विस्तारको क्रममा “कोहबर” र ‘अरिपन’को परम्परा पनि तन्त्रमैं आधारित भईृ उज्जीवित भएको हुँदा कर्णाटहरूको महत्वपूर्ण अवदान मान्न सकिन्छ । यी तान्त्रिक लोक परम्पराका वारेमा कालीदासको सुप्रसिद्ध महाकाव्य मेघदूतमा नवविवाहित यक्षको कोहबरधरको प्रवेशद्वारको भित्तामा कमल र शंखका चित्रहरूको वर्णन एवं हर्षचरितमा ग्रहवर्माको कोहबरमा देवताहरूको कामदेवको चित्रांकनको वर्णनले पुष्टि गर्दछ । कोहबरको सम्पूर्ण विधि विधानसंग सम्बन्धित पृष्ठभूमि तन्त्रमैं आधारित रहेको हुन्छ । कोहबरको तान्त्रिक पृष्ठभूमि भित्र निहित अर्थ भनेको वरवधुको दाम्पत्य जीवनमा सवै अनिष्टहरूको निवारणार्थ मंगलकामना गर्नु हो । मिथिलामा विभिन्न सांस्कृतिक अवसरहरूमा अरिपन दिने परम्पराले यहाँको लोकजीवनमा शक्तिपूजाको तान्त्रिक लोकप्रियतालाई प्रतिविम्वित गर्दछ । वैदिककालमा याज्ञिक अनुष्ठानबाट धर्मसंग यसको सम्बन्ध जोडिदै तन्त्रको माध्यमले मानवदेह–यन्त्र ब्रह्म र माया (प्रकृति)को रहस्योद्धाटन गर्ने जीवनको कल्याणकारी प्रयोजनमा उपयोग गर्ने आधारमा विकास भएको देखिन्छ ।ढ मिथिलामा विद्यमान परम्परा अनुसार विविध शुभ अवसरहरूमा दिइने अरिपनहरूको आदिस्रोत सर्वतोभद्र मुख्यत वैदिक यज्ञ परम्पराको द्योतक हो । अरिपन शुभकार्यहरूमा चामलको पिठो, सिन्दूर, बेसार आदिले भूमिमा अंकित गरिने तान्त्रिक सांकेतिक सर्वाधिक महत्वपूर्ण चित्र हो । पिठारको तथा सिन्दूरको सम्मिश्रणबाट अयपन( अय–शुभ, पण–व्यवहार) जसको पर्यायवाची प्रयोगात्मक शब्द अरिपन भन्ने प्रख्यात छ, यो शिव शक्ति संगमका प्रतीक नै मानिन्छन् । पिठारपिष्ट) वीर्यको प्रतीक हो र सिन्दूर रजको प्रतीक मानिन्छ । मिथिलाको पारम्परिक संस्कार गीतमा ‘गुआ पान’को उल्लेख हुने गर्दछ । गुआको अर्थ ठूलो सुपाडी, यो पुरुषको जननेन्द्रिय (लिगं)को प्रतीक रहेको छ । पानको पात नारी जननेन्द्रिय (योनी)को प्रतीक हो । चूर्ण(चुना) वीर्यको प्रतीक, कत्था रजको प्रतीक मानिन्छ । लिङ्ग–योनी, वीर्य–रजको समरसताद्वारा सृष्टि हुने गर्दछ ।ज्ञण् शैव, शाक्त, र वैष्णव तन्त्रमा अरिपनका विविध आकार र रुपहरू पाइन्छन् । अरिपन धर्म, अर्थ, काम, मोक्ष, कल्याण र शान्ति सिद्धिका लागि देवीदेवतालाई श्रद्धा भावपूर्वक आह्वान गरी पूजा आराधना गर्नका लागि भूमिमा रेखांकित एकप्रकारको तान्त्रिक आसन नै हो । तानित्रक अभिप्रायको अभिव्यक्ति यथा सर्वतोभद्र, स्वस्तिक, अष्टदल र षष्टदल आदिमा पाइए पनि यी अनेक यन्त्र मध्ये त्रिकोण,सतकोण र श्रीयन्त्र महत्वपूर्ण मानिन्छन् । अरिपनले शास्त्रोक्त क्रिया पद्दति एवं घरेलु धार्मिक उत्सवहरूको लागि पवित्र ठाउँको प्रतिनिधित्व गर्ने जादुईवृतलाई जनाँउछ । यसले नियमबद्ध संसारको प्रतिनिधित्व मात्रै नगरी चित्रमा प्रयोग भएका प्रतीकहरूले तन्त्रको सांसारिक विचारधाराको पनि प्रतिनिधित्व गर्छन् ।ज्ञज्ञ लिडिया ऐरनले आप्mनो पुस्तक त्जभ ब्चत इा ल्भउब िमा उल्लेख गरेका छन्– मिथिलाका चित्रहरु तान्त्रिक प्रतीकहरूले परिपूर्ण छन् र जीवनको तान्त्रिक विचारधाराको प्रतिनिधित्व गर्छन् । मैथिल चित्रहरूमा सर्वाधिक जनप्रिय तीन वस्तुहरू छन्– (क) कोहबर (ख) अरिपन र (ग) पौराणिक कथामा आधारित दृश्यहरू । कोहबर अर्थात योनि वा भगमा प्रवेशोन्मुख लिङ्ग माथि केन्द्रित चित्र, अर्को अरिपन अर्थात कर्मकाण्ड तथा घरेलु धार्मिक क्रियाकलापहरू सम्पन्न गर्नका लागि जादुले पवित्र गरी छुट्याइएको स्थल देखाउने एक जादुमयी वृताकार ब्रह्माण्डको चित्रण गर्दछ । चित्रहरूमा प्रयुक्त प्रतीक चिन्हहरूले तन्त्रशास्त्र अनुसार ब्रह्माण्डको अवधारणा झल्काउँछन् । तेश्रो पौराणिक दृश्यहरू जसमा प्रायः कालो वा रातो रंगको प्रयोग भएको र थोरैमा वढी वखान गर्ने यी दृश्यहरूको आप्mनो विशिष्ट विषयवस्तु र प्रतिकात्मक अर्थ हुन्छ । यी सवैप्रकारका चित्रहरू मध्ये मिथिला संस्कृतिमा कोबरलाई अति नै विशिष्ट मानिन्छ । तान्त्रिकरुपले कोबरलाई सातखण्डमा बाँडिएको छ । द्यु मंडल, योग मंडल वा मणि मंडल, योगिनी मंडल वा योगिनी चक्र, जल मंडल, वन मंडल, जैव मंडल र यंत्र मंडल ।ज्ञद्द मिथिलामा बच्चाको जन्मसंगै प्रारम्भ हुने विधिविधानहरू तंत्रमंत्रबाटै प्रभावित रहेको देखिन्छ । छटिहार (छैठी) पूर्वसम्म सोइरीघर (प्रसुतीगृह) को ढोका छेउमा आगो र सिरानीमा फलाम राखिने गरिन्छ । यसो गर्नुको तात्पर्य भूतप्रेत, बोक्सीको प्रकोपबाट जोगाउनु रहेको मानिन्छ । यस्तै मृत्युपश्चात् मलामी गएकाहरू फर्केर आई मृतकका घरमा आगो, पानी, फलाम र पत्थरलाई छोएर खुर्सानी टोक्नु, नङ्ग–कपाल काट्नु, कत्र्ताले लठ्ठी–चक्कु बोक्नु आदि विभिन्न क्रियाकलापहरू सवै तन्त्र–मन्त्रबाट नै प्रेरित रहेको बुझिन्छ । मिथिलामा वैवाहिक विधि अन्तर्गत मंगली–अमंगली (मांगलिक–अमांगलिक) दोष निवारण हेतु पहिले ‘आम–महु’ विवाहिन्छ र सवै प्रसन्न मनले उपस्थित रहुन् कुनै विध्नादि नहोस् भनी देवादिदेव एवं षोरसदेवीको पूजा गरिन्छ । यस्तै विवाहादि मांगलिक कृत्यमा पुरहर–पातिल(माटोको विशिष्ट घट)को व्यवस्था गर्ने गरिन्छ । यी शिव र शक्तिका प्रतीकको रुपमा व्यवस्थित हुन्छन् । पुरहर(त्रिपुरहर) शिवको प्रतीक छन् । पातिल पातिला शब्दबाट व्युत्पन्न भएको हो जसको प्रयोग शिवलाई प्राप्ति गर्न पार्वतीले कठोर तपस्या गर्दा जीउ गल्न गई पातली भएबाट पातिल भनिएको बुझिन्छ । विवाहविधिमा वेहुला–वेहुलीले सुपाडी–चक्कु बोक्नु, कोहबर घर(केलिगृह)को चारै कुनामा नयनायोगिन(नारी)को चित्र अंकित गरि वर–कन्याको संरक्षण गर्नु आदि विधान दूषित नयनको आघात निवारणको अनुष्ठान हो । तान्त्रिक विश्वास, आस्था र मूल्य– मान्यताका कारणले मिथिलामा प्रचलित अरिपनहरूमा गुढ अर्थ लुकेका हुन्छन् । सम्भवतः यसैकारणले होला ब्राह्मण–कायस्थ महिलाहरू अरिपन विना कुनै अनुष्ठान गर्दैनन् । चाड–पर्वहरूमा पनि अनेकानेक मन्त्रको प्रयोग हुने गरेको पाइन्छ । मधुश्रावणी पर्वमा पढिने वीनीमन्त्र सर्पको विष झार्न पनि प्रयोग गरिने गरिन्छ । दशैंपर्वमा घरघरमा भगवतीको पूजापाठ गरिनुका साथै दुर्गाको वैदिक पाठ गरिने गरिन्छ । बोक्सीको टुनामुनाको कुप्रभावबाट लालाबालालाई जोगाउन निधारमा गाजलको टीका र बच्चाको गलामा हिंग र लसुनको माला लगाइने गरिन्छ ।ज्ञघ दशैमा बोक्सी–योगिनीहरू टुनामुना सिद्धिका लागि प्रयत्नरत रहने हुँदा उसको कुदृष्टिबाट जोगिन अनेकानेक प्रयत्न गर्ने गरिनुका साथै धामी– झाँक्री, झिझिया आदिको प्रदर्शनले शक्ति उपासनाको बृहत प्रभावलाई प्रतिनिधित्व गर्ने गरेको पाइन्छ । मिथिलाभरी विशेषगरि निम्नवर्गमा भगता(ओझा÷धामी)को रुपमा तन्त्रमन्त्र गर्नेहरू अहिले पनि अस्तित्वमा छन् । जीउ दुख्नेदेखि सन्तान प्राप्तिसम्मका रोगोपचारका लागि मिथिलामा यस्ता अनेकौं तन्त्रमन्त्रका केन्द्रहरू छन् जहाँ जाति–पातिको कुनै बन्धन देखिदैन । १८औं शताब्दीमा घनानन्द दास नाम गरेका एकजना प्रसिद्ध कायस्थ महातान्त्रिक थिए, उनको ‘मांतगी–कुसुमाजलि’ ग्रन्थ प्रसिद्ध थियो । यद्यपि तान्त्रिक धर्मको उत्थानको पछाडि पनि केहि आर्थिक एवं सामाजिक तथ्य रहेको बुझिन्छ जसको अनुसन्धान अहिले पनि पूर्णरुपेण हुनसकेको पाइन्न ।ज्ञद्ध यसप्रकार तान्त्रिक क्रिया र प्रावधानहरूले एकातिर मिथिलाको लोकजीवनमा सांस्कृतिक आयामहरूलाई सहज र गुढ मनोविज्ञान र विविध अर्थहरूलाई संकेतमा अभिव्यक्त गर्दछ भने अर्को तर्फ भूत–प्रेत, टुनामुना र रोगोपचारको भ्रम सृजना गरि अन्धविश्वासलाई पनि कायम राख्दछ । यसो हुनुका पछाडि ऐतिहासिक आरोह –अवरोहमा यसको मूल अर्थमा स्वाभाविकरुपमा नै नयाँ–नयाँ अर्थ बोध थपिदै जानु हो । तर पनि मिथिलाको लोकजीवनका प्रायः हरेक आयामहरूमा तान्त्रिक र मान्त्रिक प्रावधान र प्रतीकहरूले उल्लास, उन्मुक्ति र सत्– चित् आनन्दको चेतनालाई प्रभावित र प्रेरित गरिरहनुले आम जनजीवनमा यसको दीर्घजीवितालाई प्रर्दशित गर्दछ । पाद स्रोत सूची ः १. अनन्तविहारी लाल दास, भुक्ति–मुक्तिदायी तन्त्रशास्त्र, सिंहावलोकन, (जनकपुरधामः सं.कुलराज घिमिरे,२०४५) पृ.१०१–१०२ । २. डा.कृष्णचन्द्र झा, मैथिल संस्कृतिपर तन्त्रक प्रभाव, मिथिला महान,अंक–४, (दरभंगााः प्रगतिशिल मिथिला समाज,२००३ई.) पृ.१६ । ३. जीतवहादुर रायमाझी, २१औं शताब्दीमा मिथिला लोकचित्रकला व्यवसायी कला– एक सम्भावना, कार्यपत्र, (जनकपुरः अन्तर्राष्ट्रिय गोष्ठी,२०६०) पृ.८ । ४. राधाकृष्ण चौधरी, मिथिलाक इतिहास,(दिल्लीः श्रुती प्रकाशन,२०१०ई.) पृ.२०९–२१२ । ५. डा.कृष्णचन्द्र झा,पूर्ववत्,पृ.१७ । ६. जीतवहादुर रायमाझी, पूर्ववत् ,पृ.४ । ७. पूर्ववत् ,पृ.८ । ८. डा.कृष्णचन्द्र झा,पूर्ववत्,पृ.१८ । ९. जीतवहादुर रायमाझी, पूर्ववत् ,पृ.९ । १०. डा.कृष्णचन्द्र झा,पूर्ववत्,पृ.१८ । ११. डा.रामनिवास पाण्डे, मिथिलाको सांस्कृतिक चिनारी, सिंहावलोकन, (जनकपुरधामः सं.कुलराज घिमिरे,२०४५) पृ.७०–७१ । १२. डा. रेवतीरमण लाल, मिथिलाक सांस्कृतिक परम्परा, (जनकपुरधामःरामानन्द युवा क्लव,२०६५) पृ.५ । १३. डा. राजेन्द्रप्रसाद विमल, मिथिलाको इतिहास,संस्कृति र कला–परम्परा,(काठमाडौंः हिमालय बुक स्टल,२०६२) पृ.४१ । १४. राधाकृष्ण चौधरी, पूर्ववत् , पृ.२५३–२५४ ।